काठमाडौं । सामुदायिक लघुवित्त र बिपिडव्लु लघुवित्तले एकीकृत कारोबारको मिति तय गरेको छ । लघुवित्त एकआपसमा गाभ्ने÷गाभिने तथा मर्जरमा जाने सम्झौतापश्चात् अब फागुन २४ गतेदेखि एकीकृत कारोबार गर्ने भएको हो ।
मर्जरपछि कम्पनीको नाम सामुदायिक लघुवित्त वित्तीय संस्था हुनेछ । दुवै संस्थाको असोज ३० गते सम्पन्न विशेष साधारणसभाले मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले माघ २४ गते तथा नेपाल धितोपत्र बोर्डले फागुन ९ मा मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो ।
कम्पनीको केन्द्रीय कार्यालय हालको सामुदायिकको केन्द्रीय कार्यालय रहेको स्थान काभ्रेको साँगामा रहने छ । १००ः०.८५३५ को अनुपातमा राष्ट्र बैंकले मर्जरको लागि स्वीकृति दिएको हो । जस अनुसार सामुदायिक लघुवित्तका १०० कित्ता सेयर हुने सेयरधनीले १०० कित्ता नै सेयर पाउने छन् भने बिपीडब्लु लघुवित्तका १०० कित्ता सेयर हुने सेयरधनीले ८५.३५ कित्ता सेयर पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्