काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश सुरक्षीत गर्ने आज अन्तिम रहेको छ । साभा प्रयोजनको लागि फागुन १० गते(आज ) सम्म कायम सेयरधनीले मात्रा सभामा भाग लिन पाउँनेछन् ।
फागुन १३ गते कम्पनीले बुक क्लोज गर्ने भएको हाे ।
कम्पनीको साधारण सभा फागुन २६ गते शनिबार, १५ औं वार्षिक साधारण सभा नेपाल हाउस, हात्तीसार, काठमाडौंमा दिउँसो साढे ११ बजे आव्हान गरेको छ ।
सभामा संस्थाले ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभामा सार्वजनिक (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ । सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्नेछ । सभामा आर्थिक वर्ष २०७९/८० को वासलात, नाफारनोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्