काठमाडौं । मिड सोलु हाइड्रोपावरको ‘लक इन’ अवधि चैत्र १० गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुने कम्पनीले एक सूचना मार्फत जानकारी गराएको हो ।
कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको १४ लाख ९६ हजार ८ सय कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो । सो सेयरको पाँच प्रतिशतले हुन आउने ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको हो । बाँडफाँड गरिएको सेयर ६ महिना अवधिसम्म ‘लक इन’ मा राखिएको थियो जसको अवधि अब सकिन लागेको हो ।
कम्पनीको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्