काठमाडौं । नेपाली काँग्रेसभित्र पाँच सय र एक हजार दरका नोटमाथि प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको छ । गोदावरीमा जारी काँग्रेस महासमिति बैठकमा काँग्रेसका बरिष्ठ नेता अर्जुन नरसिंह केसीले भ्रष्टाचार निवारणका लागि पाँच सय र एक हजार दरका नोटहरुमाथि प्रतिबन्ध लगाउनुपर्ने बिषय उठाएका हुन् ।
‘माफिया, विचौलिया, कालोधनका धनपतिले सत्तामा पकड जमाएका छन् भन्ने आम विश्वास छ, देशको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गर्नुपर्ने आवश्यकता छ ।’ केसीले महासमिति बैठकमा भने ।
प्रतिक्रिया दिनुहोस्