काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से ६.४६ अंकले घटेर २०२६.५९ को बिन्दुमा बन्द भएको छ ।
बुधबार ३१३ कम्पनीको ६३ लाख ४१ हजार १ सय ७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७ सय ९९ रुपैयाँको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको कारोबार भएको छ । आज ८० कम्पनीको सेयर मूल्य बढेको छ, १५९ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर स्थिर रहेको छ । आज ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने पिपुल्स पावर कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको छ ।
प्रतिक्रिया दिनुहोस्