काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से ६.४६ अंकले घटेर २०२६.५९ बिन्दुमा बजार बन्द भएको हो ।
आज ३१३ कम्पनीको ६३ लाख ४१ हजार १ सय ७४ कित्ता किनबेच हुँदा २ अर्व २४ करोड १९ लाख ६१ हजार ७ सय ९९ रुपैयाँ कारोबार भएको छ ।
बुधबार ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेडमा १०.०० प्रतिशत, हिमालाय ऊर्जा विकास कम्पनी लिमिटेडमा १०.०० प्रतिशत, समाज लघुवित्त वित्तीय संस्था लिमिटेडमा १०.०० प्रतिशत र बोटलर्स नेपाल (तराई) लिमिटेडमा ९.९९ प्रतिशतले सर्किट लागेको हो । साथै, १०३ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्