Shikhar Insurance
National Life

आठ वर्षदेखि पुनः निर्माणकै आशामा मदन स्मारक माध्यामिक विद्यालय

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ९, बुधबार १४:२१
Hyundai
NCELL
NIMB

ललितपुर । विसं २०७२ को भूकम्पले क्षति पु¥याएको मदन स्मारक माध्यामिक विद्यालयको निमार्ण कार्य अझै सम्पन्न हुन सकेको छैन । ललितपुर महानगरपालिका कार्यालय छेउमा स्थापना भएको मदन स्मारक माध्यामिक विद्यालय पुनः निर्माणको कार्य सोचेजस्तो स्तरोन्नति हुन नसकेको हो ।

विद्यालय स्थापना हुँदा निर्माण भएको २४ काठे राणकालीन भवन हाल जीर्ण छ । विसं २०७२ को भूकम्पले उक्त विद्यालयको तीन वटा भवनमा क्षति पु¥याएपछि जोखिमको मूल्याङ्कन गरेर रातो स्टिकर टाँसिएको थियो । दुईवटा भवन हाल प्रयोगमा छैनन् । अर्को चर्किएको भवनमा भने रातो स्टिकर टाँसेपनि पठनपाठन हुने गरेको छ । भूकम्पले क्षति पु¥याएको भवनमा रातो स्टिकर टाँसिएपछि पुनःनिर्माणको आशामा दुई वर्षसम्म टहरमा पठनपाठन सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल बताउँछन् । पौडेल भन्छन्,“जगदम्बा कुमारी देवीको २०४५ सालमा निधन भएपछि नेपाल सरकारका तर्फबाट प्राप्त ५० हजारबाट भवन निर्माण पुनः निर्माण गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भूकम्पले क्षति पु¥याएको भवनमा अहिले विद्यार्थी अध्ययन गरिरहेका छन् । विसं २०११ देखियता छाना फेरिएको छैन । वर्षा सुरु हुने वित्तिकै कक्षा कोठामा पानी चुहिन थाल्छ । भूकम्प गएको आठ वर्ष पुग्न लागिसक्यो अझै पुनःनिर्माणको सुर छैन । विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेलले भने,“यदि सरकारले विद्यालयको भौतिक संरचनासहित स्तरोन्नतिमा चासो देखाएमा यस विद्यालयलाई नमूना सरकारी विद्यालय बनाउन सकिन्छ । विद्यालय ललितपुरको केन्द्रमा रहेको र विद्यालयको नाममा २७ रोनी जमिन रहेको हुँदा सरकारी लगानीमा नमुना सरकारी विद्यालय बनाउन सकिन्छ ।”

हाल यस विद्यालयमा कक्षा एकदेखि १२ सम्म जम्मा ६०० विद्यार्थी छन् । कक्षा छ देखि १२ सम्म विद्यार्थीको भर्ना सङ्ख्या ठीकै भए पनि बालविकासदेखि कक्षा पाँच सम्मको भर्ना सङ्ख्या त्यति चित्तबुझ्दो छैन । बालबिकासदेखि कक्षा पाँचसम्म विद्यार्थीहरुको भर्ना दर चित्तबुझ्दो नहुनुको पछाडिको कारण सरकारी स्कुलप्रतिको बुझाइ र गलत प्रचार रहेको विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेलले जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्