Shikhar Insurance
National Life

सिटिजन बैंकद्वारा ५ वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ९, बुधबार ११:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले ५ वर्ष पुरानो लाभांश लिन सेयरधनीलाई आग्रह गरेको छ । बैंकको साधारण सभाको निर्णय अनुसार ५ वर्षसम्म पनि बुझि नलिएको नगद लाभांश लिन सेयरधनीलाई आग्रह गरेको हो ।

सेयरधनीहरुले ३५ दिनभित्रमा सेयर रजिष्ट्रार सिटिजन क्यापिटल लिमिटेड, बाट्लेघर, डिल्ली बजार आईपुग्ने गरी आवश्यक कागजात सहित पेश गर्नु पर्नेछ । बैंकले तोकेको समयावधिभित्र आवेदन प्राप्त हुन नआएमा बाँकी नगद लाभांश लगानीकर्ता संरक्षक कोषमा जम्मा गरिने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्