काठमाडौं । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज बढेको छ । साताको चौथो कारोबारको दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । आज (बुधबार)छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा काराेबार भएको थियो
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४ सय ८५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजावी सुन मूल्य १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्