Shikhar Insurance
National Life

असुरक्षित खानाका कारण प्रत्येक वर्ष करिब ९ हजार जनाको मृत्यु

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ८, मंगलवार १८:१३
Hyundai
NCELL
NIMB

विराटनगर । नेपालमा असुरक्षित खानाका कारण प्रत्येक वर्ष ९ हजारको मृत्यु हुने गरेको हालैको एक अध्ययनले देखाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आज (मंगलबार) आयोजित प्रदेशस्तरीय खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी गोष्ठीमा अध्ययनबारे जानकारी दिइएको हो ।

खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले होटलहरुमा विशेष गरी मिसावट, तेलजन्य खाद्यबाट उत्पन्न हुने समस्या, रङको प्रयोग र सूक्ष्मजीवले मानव स्वास्थ्यमा समस्या देखिएको बताए । अनुसन्धान अधिकृत सुवेदीका अनुसार विराटनगरका होटल रेष्टुराँहरुको अनुगमनका क्रममा फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेको पाएको, होटलको फोहर व्यवस्थापन, सरसफाइ र कामदारको व्यक्तिगत सरसफाइ चुनौतीपूर्ण हुँदै गएको पाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

होटलहरु व्यस्त सडकको नजिक हुँदा धुलो, धुवाँको समस्या पनि थपिएको छ । खाद्यान्न दलहनतर्फ ४७ वटा र प्रशोधित पिउनेपानी एक सय २१ थान मुद्दा जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् । चालु आवको छ महिनामा १७ वटा न्यूनस्तर÷दूषित खाद्यपदार्थ उत्पादन गर्ने उद्योगविरुद्ध मोरङमा मुद्दा दायर गरिएको अधिकृत सुवेदीले बताए । खाद्य–दाना उद्योग सिफारिस, अनुज्ञापत्र जारी, नवीकरण, बजार, उद्योग, संयुक्त तथा एकल अनुगमन, प्रयोगशाला सेवा, तालिम दिँदै आएको कार्यालयका प्रमुख विजय खनालले जानकारी दिए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्