Shikhar Insurance
National Life

राष्ट्र बैंकले भन्यो : नेपाली बैंकिङ क्षेत्र सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुस्

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ८, मंगलवार १६:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली बैंकिङ क्षेत्र सुरक्षित रहेको तथा आम सर्वसाधारणलाई ढुक्क भएर कारोवार गर्न आग्रह गरेको छ । आज राष्ट्र बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस्तो आग्रह गरेको हो ।

बैंक तथा वित्तिय क्षेत्रमा बिगतका केहि दिनदेखी भैरहेको आक्रमणको विरुद्दमा तथा आजभोलि बैंक तथा वित्त क्षेत्रमा बढ्दै गएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति राष्ट्र बैंकले विज्ञप्ती मार्फत आपत्ति समेत जनाएको छ । ‘नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरी यस बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति/समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ’विज्ञप्तिमा भनिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘बैंकिङ क्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड हो । नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पु¥याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न यस बैंकलाई कानुनले स्पष्ट जिम्मेवारी दिएको छ ।’

सोहीबमोजिम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरू समेतका आधारमा यस बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा यस बैंकबाट नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको व्यहोरा अवगत नै छ विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू यस बैंकको निर्देशन अनुरूप नै रहेको जनाउँदै बैंकिङ क्षेत्र सक्षम र सबल रहेकाले सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको जिकिर राष्ट्र बैंकको रहेको छ ।

बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ ।

राष्ट्र बैंकको प्रेस विज्ञप्ति

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्