काठमाडौं । साताको दोस्रो कारोबारको दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । आज सोमबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा खरिद बिक्री भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख १७ हजार ६ सय रुपैयाँ रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँ रहेको छ । आईतबार तेजावी सुनको मूल्य १ लाख १७ हजार ५० रुपैयाँ रहेको थियो ।
साथै, आज चाँदीको मूल्य १ हजार ४ सय १० रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ४ सय ३० रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्