Shikhar Insurance
National Life

फ्रि वाईफाई चलाउनु जोखिमपूर्ण छः साइबर विज्ञ लिम्बु

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ६, आईतवार १८:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । साईबर सुरक्षा विज्ञ बिजय लिम्बुले फ्रि वाइफाई चलाउनु जोखिमपूर्ण भएको बताएका छन् । महिला आर्थिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै साइबर सुरक्षा विज्ञ लिम्बुले निःशुल्क रुपमा उपलब्ध हुने वाइफाईहरुले प्रयोगकर्ताहरुको गोप्य विवरण गलत व्यक्तिहरुसम्म पुर्याउने बताएका हुन् ।

लिम्बुले भने–‘फ्रि वाईफाई चलाउनु खतरा हो । त्यहाँबाट हाम्रो प्राईभेट इन्फरमेशनहरु थाहा पाउँन सक्ने जोखिम हुन्छ । विशेषगरी मनी ट्रान्फरको लागि पब्लिक वाईफाई प्रयोग गर्नुहुदैन ।’
उनले नेपालमा स्क्यानर, मोबाइल बैंकिङ प्रविधि पनि ह्याक हुने जोखिम बढिरहेको दावी पनि गरे । नेपालमा अनलाईन मार्फत् कारोबार गर्ने व्यक्तिहरु बढी जोखिममा रहेकाले थप सजगता आवश्यक रहेकोमा पनि लिम्बुले जोड दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल प्रहरीको साइबर ब्युरोमा ७ महिनाभित्र १३ हजार ३ सय ३० उजुरीहरु दर्ता भएको बताउँदै उनले ति उजुरीमध्ये ४० प्रतिशत वित्तिय कारोबारसँग सम्बन्धित रहेको जानकारी पनि गराए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्