Shikhar Insurance
National Life

प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो विभिन्न अफर

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ६, आईतवार १५:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ ।

यो अफर फागुन ६ गते देखि लागू हुनेगरि आगामी फागुन १२ सम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । सो अफर अनुसार टेलिकमले प्रजातन्त्र÷लोकतन्त्र÷गणतन्त्र प्राप्तिको लागि आहुति दिने शहिदहरुको सम्मानार्थ शहिद परिवारहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराउने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जस अनुसार साविक बमोजमको फ्री रिसोर्स १ जीबी डाटा, १०० मिनेट अननेट भ्वाइस र १०० अननेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ ।

यसैगरी एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको इएर्ली वाइ टाइम प्याकेज र कम्बो इयर्ली वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको छ । टेलिकमले कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ ।

यस अन्तर्गत १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध

आगामी फागुन १२ गतेसम्म आफ्नो मोबाइलबाट ८१४१५८११३ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्