शिव मिसिर र हेमन्त मिसिर त्यतिबेला १९ र १६ बर्षका थिए जब निवास गुयना छाडेर क्यानाडा गएका थिए । गुयना छाड्दा उनीहरुलाई आफ्नो भविष्य आफैं बनाउनुपर्ने बाटोमा हिडेझै लागिरहेको थियो । उनीहरुले त्यतिबेला संसारका सबै भन्दा धेरै गरिब देशमध्येको एक गुयनालाई छाडेर एक विकसित देशमा निस्केका थिए ।
क्यानाडामा काम गरेर परिवार पाल्दै रियल स्टेट र फाइनान्स क्षेत्रमा लगानी गर्दै करिअर बनाए । तर ३९ बर्षपछि सन २०२१ म उनीहरुले पुरानो निर्णयबाट फिर्ता भएर पहिलेकै बाटो समाए । अहिले ६० बर्षका पुगेका शिवाले बीबीसीसँग भने–अब गुयना फिर्ता जाने समय आएको छ । पछिल्ला केहि बर्षहरुमा गुयनाको अर्थव्यवस्थालाई बढावा दिने अरबौं पेट्रो डलरको लगानीले दुबै भाईलाई आफ्नो देश फर्कने वातावरण बनायो ।
उनीहरुले राजधानी जर्जटाउनमा महंगो सम्पति बेचे र भाडामा बिशेषज्ञा भएको एक रियलस्टेट कम्पनी बनाए । शिव र हेमन्त गुयनामा नयाँ मध्यम वर्गका दुई प्रतिनिधी हुन् । यीनीहरु देशमा इन्धनको खोजी भएसँगै बर्षौँपछि आफ्नो देश फर्किएका हुन । सन २०१९ मा पूर्व ब्रिटिस उपनिवेश गुयना विश्वमै तिब्रगतिमा वृद्धि भैरहेको अर्थतन्त्रमध्ये एक बन्न पुग्यो ।
अभूतपूर्व आर्थिक विकास
गुयना दक्षिण अमेरिकाको उत्तरमा सुरीनाम र भेनेजुयलाको बीचमा रहेको एक देश हो । यहाँको जनसंख्या जम्मा ८ लाख मात्रै छ ।
सुरुमा उखु उत्पादनका लागि डच उपनिवेशका रुपमा यो मुलुक उदाएको थियो । डचपछि ब्रिटिस आए र सन १९६६ सम्म शासन गरे । त्यति बर्ष गुयना एक स्वतन्त्र देशका रुपमा उदाएको थियो ।
सन २०१५ मा तेल कम्पनी एक्सन मोबिलले गुयनाको तटमा ठूलो तेल भण्डार फेला पार्यो । यसलाई आर्थिक रुपले उत्खनन गर्न सकिने इन्धन भण्डार मानियो । त्यसपछि एक्सन मोबिल, अमेरिकन हेस र चिनियाँ कम्पनी सीएनओओसीको कन्सोर्टियमले मिलेर २०० किलोमिटरसम्म इन्धन उत्खनन गरे ।
दुबईसँग तुलना
अहिलेसम्म यो देशमा ११ अरब ब्यारेल तेल भण्डारको खोजी भैसकेको छ । पछिल्ला अनुमानहरुका अनुसार यहाँ १७ अरब ब्यारेल तेल हुन सक्छ । र यो ब्राजिलको अहिले कायम १४ बिलियन ब्यारेलको तेल भण्डार भन्दा पनि ठूलो हुनेछ । सन २०१९ सालसम्म गुयनाको अर्थतन्त्र कृषि, सुन र हिराको उत्खननमा आधारित थियो । तर तेलको खोजीपछि देशको अर्थतन्त्रको विकास दर तिब्रगतिमा बढाईदियो ।
सन २०२० मा ब्राजिलका तत्कालिन वित्त मन्त्री पाउलो गएडेजले गुयनाको तुलना दुबईको त्यो शहरसँग गरे जसलाई तेल उत्खननको प्रतिक मानिन्छ । पाउलोले भनेका थिए की –यो क्षेत्र नयाँ दुबई हो ।
जीवनमा एक पटक प्राप्त हुने अवसर
अन्तराष्ट्रिय मुद्रा कोष(आईएमएफ)को अनुमानमा सन २०१९ देखि २०२३ सम्ममा देशको जीडीपी ५.१७ बिलियन डलरबाट बढेर १४.७ बिलियन पुगेको छ, जुन १८४ प्रतिशतको वृद्धि हो । सन २०२२ मा मात्रै यो देशको आर्थिक वृद्धिदर ६२ प्रतिशत थियो ।
प्रतिव्यक्ति घरेलु उत्पादन(देशको कुल सम्पति जनसंख्यामा बाढ्दा) सन २०१९ मा ६ हजार ४ सय ७७ डलर थियो । त्यो सन २०२२ मा बढेर १८ हजार एक सय ९९ डलर पुगेको छ । यो तथ्यांक सन २०२२ मा ब्राजिलका नागरिकको भन्दा दुई गुणा बढी र ग्वाटेमालाका नागरिकको तुलनामा तीन गुणा बढी हो । गुयनाका लागि विश्व बैंक प्रतिनिधी डेलिता डोरेटी भन्छिन्–गुयनाले चिठ्ठा जितेको छ र यो जीवनमा एक पटक मात्रै प्राप्त हुने अवसर हो ।
इन्धनका कारण आएको विकासले देशको अर्थतन्त्रसहित अन्य क्षेत्रमा पनि व्यापक परिवर्तन ल्याएको छ । आईएमएफका अनुसार सन २०२२ मा गैर तेल जीडीपी ग्रोथ ११.५ प्रतिशत थियो । जसको असर जर्जटाउन जस्ता शहरहरुमा देखापरिरहेको छ । क्रेन र निर्माण श्रमिकहरु अस्पताल, राजमार्ग, पुल र बन्दरगाह जस्ता परियोजनाहरुको निर्माण गरिरहेका छन् । मेरियट र बेस्ट वेस्टर्न जस्ता अमेरिकी चेन होटलहरुले आफ्ना होटल निर्माण थालिरहेका छन् ।
एक नयाँ मध्यम वर्गको उदय
यहि आर्थिक विकासका कारण मिसिर भाईहरु ३९ बर्षपछि गुयना फर्किएका छन् । सन २०२१ सम्म दुई भाई नै नयाँ व्यवसाय सञ्चालनका लागि क्यानाडाको टोरेन्टो र गुयनाको जर्जटाउन आईरहन्थे । तेलको राजश्वले देशमा मध्यम वर्गको उदय र अभिजात वर्गका लागि पनि नयाँ अवसरको ढोका खोलिदिएको छ ।
मिसिरका अनुसार मानिसहरु सुरक्षित महशुस गर्न थालेका छन्, र यहाँ काम गर्दा आफुलाई फाइदा हुने सोच्न थालेका छन् ।
एक आकर्षक बजार हल्याण्ड र ब्रिटेनको उपनिवेशकालपछि गुयनाले अमेरिकासँग नजिकको व्यवसायीक तथा सांस्कृतिक सम्बन्ध कायम राख्छ । अमेरिकाबाट गुयनासम्मको दुरी ४ घण्टाको हवाई यात्राबाट जोडिन्छ ।
गुयनाका अधिकांश अभिजात वर्गले आफ्ना सन्तानहरुलाई अध्ययनका लागि अमेरिका, क्यानडा र युरोप पठाउँछन् । उनीहरु आफैं पनि उताको जीवनशैलीको आनन्द लिनका लागि आफ्ना सन्तानहरुसँगै युरोप, अमेरिका र क्यानाडा जाने गर्छने ।
दुनियाँको आँखामा गुयनामा तेलका कारण आएको सफलतासँगै संसारभका ठूला तेल उत्पादक कम्पनीहरुको आँखा त्यहाँ परिरहेको छ । सन २०१९ सम्ममा सरकारले १८७ मिलियन डलर खर्च गरेको थियो । सन २०२३ मा २४७ प्रतिशतले बढाएर ६५० मिलियन डलर खर्च सरकारले गरेको छ ।
गुयनाका लोक निर्माण विभागका उपमन्त्री देवदत्त इन्दरका अनुसार त्यहाँ युरोप, चिन, भारत, अमेरिका, क्यानाडा र ब्राजिलका कम्पनीहरुले काम गरिरहेका छन् । र चिन यो सूचिको प्रमुख प्लेयर हो । यहाँ चिनको प्रतिष्पर्धीहरु पनि छन् । सन २०२२ मा एक भारतीय कम्पनीले १०६ मिलियन डलरको राजमार्ग निर्माणको ठेक्का हात पारेको थियो ।
प्रतिक्रिया दिनुहोस्