काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य प्रतितोला ५ सयले बढेको छ । आज आईतबार छापावाला सूनको मूल्य प्रतितोला १ लाख १७ हजार ६ सय रुपैयाँमा किनबेच भईरहेको छ । अघिल्लो दिन (शुक्रबार) सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँ रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजावी सुनको मूल्य १ लाख १६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य २० रुपैयाँले बढी १ हजार ४ सय ३० रुपैयाँ भएको छ ।
प्रतिक्रिया दिनुहोस्