Shikhar Insurance
National Life

कृषि मेलामा माटो र बालीको निःशुल्क परीक्षण गरिने

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार १८:३६
Hyundai
NCELL
NIMB

लुम्बिनी । बुटवलमा आयोजना गरिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८० मा माटो र बालीको निःशुल्क परीक्षणका लागि शिविरको व्यवस्था गरिने भएको छ । किसानले मेलाबाट बढीभन्दा बढी लाभ उठाउन सकुन् भन्ने उद्देश्यले परीक्षण शिविर राख्न लागिएको हो ।

बालीनालीमा रोगब्याधीको समस्या पहिचान गर्न र त्यसको उपचारको प्रबन्ध मिलाउन सहज होस् भनेर बाली परीक्षण शिविर राख्न लागिएको सङ्घका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले जानकारी दिए । बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा यही फागुन १० गतेदेखि पाँच दिनसम्म चल्ने उक्त मेलामा फागुन ११ र १२ गते बाली परीक्षण शिविर राखिने भएको छ । त्यस्तै फागुन ११, १२ र १३ गते माटो परीक्षण शिविर सञ्चालन गरिने संयोजक अर्यालले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कृषि विकास निर्देशनालयकी अधिकृत आशा भण्डारीका अनुसार बाली संरक्षण प्रयोगशाला खजुरा, बाँके र राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाको व्यवस्थापनमा बाली परीक्षण शिविर सञ्चालन गर्न लागिएको हो । माटो तथा मल प्रयोगशाला खजुरा, बाँकेको घुम्ती माटो परीक्षण प्रयोगशाला टोलीले किसानले ल्याएको माटो परीक्षण गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्