Shikhar Insurance
National Life

आर्थिक समृद्धिका लागि दलीय सहकार्य हुनुपर्नेमा एमाले अध्यक्षको जोड

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार १८:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न राजनीतिक दलहरुबीच सहकार्य जरुरी भएको बताएको छन् । नेपाल बुद्धिजीवी परिषद्ले आयोजना गरेको सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफूहरु मुलुकको राष्ट्रिय हित र नेपाली जनताका पक्षमा काम गर्न दलीय सहकार्य आवश्यक भएको बताएका हुन् ।

उनले परस्परिक हित, लाभ र सामाजिक न्यायसहितको परराष्ट्र नीतिप्रति आफ्नो पार्टीको दृढ समर्थन रहेको बताए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव सुरेन्द्र कार्कीले समाजवादी आन्दोलनलाई निष्कर्षमा पु¥याउन यसका पक्षधर एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले देशको अर्थतन्त्रलाई गतिशील बनाउन पूँजीगत खर्च बढाउनुपर्ने सुझाव दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

परिषद्का अध्यक्ष दिनेशचन्द्र देवकोटाले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गरी मुलुकको विकास र समृद्धिको यात्रालाई सार्थक बनाउनुपर्छ भने ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्