Shikhar Insurance
National Life

कैलाली बहुमुखी क्याम्पसमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार १८:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । भिजन सेक्युरिटिज् प्रा.लिद्वारा कैलाली बहुमुखी क्याम्पसमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । आज(शुक्रबार) प्रशिक्षक सुवास चन्द्र भट्टराईले कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई शेयर बजार सम्बन्धी प्रशिक्षण दिएका हुन् ।

नवप्रवेसी लगानीकर्ताहरुले शेयर बजारमा अपनाउनु पर्ने सावधानीहरु, शेयर बजारको कारोबार प्रक्रिया, लगानी गर्नु पुर्व ध्यान दिनु पर्ने विषयहरु आदि विषयहरु समावेश गरि विद्यार्थीहरुलाई उनले प्रशिक्षित गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भिजन सेक्युरिटिज् प्रा.लि.का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले कलेज स्तरबाट नै सेयर बजारको बारेमा जानकारी दिने उद्देश्यका साथ काठमाडौंका केही कलेजहरुमा यस प्रकारको कार्यक्रम गरि सकिएको र यसलाई निरन्तरता दिईने बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्