Shikhar Insurance
National Life

बागलुङ कालिका मन्दिरले गर्यो सात महिनामा १ करोडबढी भेटी सङ्कलन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ४, शुक्रबार १२:२४
Hyundai
NCELL
NIMB

ढोरपाटन । प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिरको चालु आर्थिक वर्षको आयव्यय सार्वजनिक भएको छ । मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको आयव्ययमा मन्दिरमा सात महिनामा १ करोड ७१ लाख भेटी सङ्कलन भएको हो । आयव्ययमा १ करोड २८ लाख भने खर्च रहेको छ । सो अवधिमा मन्दिरले ४२ लाख बचत गरेको पाइएको छ ।

मन्दिर व्यवस्थापन समितिले भौतिक संरचनासमेत निर्माण गरेको छ । मन्दिरमा गत माघ महिनामा मात्रै १९ लाख ७२ हजार भेटी सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । बडा दसैँ र चैते दसैँमा भने करारका थप कर्मचारी राख्नु पर्दा खर्च पनि बढ्ने अध्यक्ष खड्काको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बडा दसैँ र चैते दसैँ भक्तजन बढी आउने भएकाले भेटी पनि अन्य महिनामा भन्दा बढी सङ्कलन हुने खड्का बचाउँछन् । मन्दिरमा चढाइने भेटीको दैनिक आम्दानी सार्वजनिक गरिँदै आइएको छ । व्यवस्थापन समितिले पछिल्लो दुइ वर्षमा चढाइएका सुनलगायत गरहना पनि सार्वजनिक गरेको छ । यस अवधिमा तीन तोला ४५ लाल सुन र तीन सय तोला ११ लाल चाँदी चढेको अध्यक्ष खड्का बताउँछन् । कालिका भगवती गुठी व्यवस्थापन समितिले मन्दिरमा चढेको गहना गालेर उक्त सुन र चाँदी तयार पारेको छ ।

खड्का अध्यक्ष भएपछि उक्त गहनासमेत सार्वजनिक भएको हो । खड्का २०७८ साल कात्तिक ८ गते अध्यक्ष नियुक्त भएका थिए । कालिका मन्दिरमा कतिपय भक्तजनले गरगहना बनाएर चढाउने गरेका छन् । नगदबाहेक चढाइने जिन्सीलाई नगदमा रुपान्तरण गर्न गहना गालेर एकमुष्ट बनाइएको अध्यक्ष खड्काले जानकारी दिए । मन्दिर आसपासमा रहेका सटरबाट मन्दिरले मासिक ३ लाख १४ हजार भाडा असुल गर्दै आएको छ । त्यसबाहेक मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाई हुने गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्