काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार १ औं वार्षिक साधारण सभा फागुन २७ गते प्रादेशिक कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान ११ श्र०० बजे बस्ने आव्हान गरेको हो ।
सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने सम्बन्धमा प्रस्ताव पारित गर्नेछ । सभामा गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्