Shikhar Insurance
National Life

प्रधानमन्त्रीसंग खटपट बढेपछि अर्थमन्त्रीले डाके आकस्मिक पत्रकार सम्मेलन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३, बिहीबार २०:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । बजेट निर्माणबारे प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डसंग खटपट बढेपछि अर्थमन्त्री डा. प्रकाश शरण महतले आकस्मिक पत्रकार सम्मेलन डाकेका छन् ।
आगामी आर्थिक बर्ष २०८१/८२ को बजेटको सिलिङ कति तोक्ने भन्नेमै प्रधानमन्त्री र अर्थमन्त्री बिछ विवाद छ । श्रोतका अनुसार अर्थमन्त्री डा.महतले १५.५० खर्ब भन्दा ठुलो बजेट ल्याउन नहुने बताईरहेका छन् । प्रधानमन्त्री प्रचण्डले भने २० खर्ब भन्दा ठुलो बजेट बनाउनु पर्ने अडान राखेका छन् ।

बजेटको सिलिङमै प्रधानमन्त्री र अर्थमन्त्रीबिच विवाद बढेपछि बजेटका अन्य विषयले प्राथमिकता पाउनै सकेको छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रधानमन्त्रीकै अध्यक्षतामा रहेको योजना आयोगले सिलिङ तोकेपछी मात्रै बजेट निर्माणले औपचारिक रुपले गति लिने हो । तर पछिल्लो समय प्रधानमन्त्री र अर्थमन्त्रीको दुरि झन्झन् बढ्दै गएको श्रोत बताउँछ ।

यस्तै अन्योलका बिछ अर्थमन्त्रीले शुक्रबारका लागि आकस्मिक पत्रकार सम्मेलन डाकेका छन् । “बजेट र समसामयिक बिषयमा भोलि ( २०८० फागुन  ४ शुक्रबार  )  बिहान १० बजे अर्थ मन्त्रालय सुवर्ण हलमा पत्रकार भेटघाट कार्यक्रम राखिएको हुँदा समाचार संकलनार्थ उपस्थितीकालागि अनुरोध छ ।”, अर्थमन्त्रीले पठाएको निम्तोमा भनिएको छ ।

अर्थमन्त्री डा.महतले बजेटको अर्ध बार्सिक समिक्षा मार्फत आफ्ना धारणा सार्वजनिक गरेको एक हप्ता पनि बितेको छैन । योजना आयोगबाट सिलिङ तोक्न रोकेका अर्थमन्त्रीले अकस्मात पत्रकार सम्मेलन डाक्नुलाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो कोर टिममा अर्थमन्त्रीले आफुलाई टेर्न छाडेकाे बताउन थालेका छन् । आफू अर्थमन्त्रीको कार्यशैलीबाट आजित भएको बताउने प्रचण्डले डा.महतलाई बर्खास्त गरेभने अन्यथा नहुने श्रोत बताउँछ । प्रधानमन्त्रीले अर्थमन्त्री फेरेर मात्रै बजेट निर्माण थाल्न चाहेको श्रोत बताउँछ । सिलिङ तोक्ने बैठकमा अर्थमन्त्रीलाई राख्दा उनकै नेतृत्वमा आगामी बजेट र लगानी सम्मेलन समेत सप्पन्न गर्नुपर्ने भएकाले प्रधानमन्त्री तत्काल सिलिङ नतोक्ने निष्कर्षमा पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डले डा. महतको नेतृत्वमा बजेट र लगानी सम्मेलन दुवै चाहेका छैनन् । ठुलै जोखिम उठाएर भएपनी अब अर्थमन्त्री फेर्ने मुडमा प्रचण्ड पुगेको श्रोतले बतायो ।

GBIME

प्रतिक्रिया दिनुहोस्