Shikhar Insurance
National Life

लुम्बिनी प्रादेशिक अस्पतालमा एनजीओग्राम सेवा सञ्चालन

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३, बिहीबार १७:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । एनजीओग्राम सेवा सेवा सञ्चालन भएपछि लुम्बिनी प्रदेश र आसपासका जनता लाभान्वित भएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालले सुरु गरेको उक्त सेवा बुधबारदेखि सञ्चालनमा आएको हो ।

एनजीओग्राम सेवा मान्छेको मुटुमा भएको ‘ब्लकएज’ परीक्षण गर्ने विधि हो । सो सेवा सञ्चालनमा आएपछि लुम्बिनी प्रदेश र आसपासका जनता उपचारका लागि राजधानीसम्म धाउनुपर्ने बाध्यता हटेको छ । लुम्बिनी प्रदेशमा पहिलो पटक यो सेवा सो अस्पतालमा सुरु भएको हो । यसअघि यो सेवा लिन त्यस भेगका जनता काठमाडौं तथा भारत जानुपर्ने बाध्यता थियो । प्रादेशिक अस्पतालका डा.अर्जुन बुढाथोकी र डा.रोशन घिमिरेको नेतृत्वमा सेवा शुभारम्भ गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डा बुढाथोकीले भने,“अस्पतालले निकट भविष्यमै एनजीओप्लास्टी, पेसमेकर सेवा पनि सञ्चालनमा ल्याउन लागेको छ”। एनजीओप्लास्टी सेवा मुटुको धमनीमा जाली हाल्ने र पेसमेकर मुटुको चाललाई नियमित गर्न राखिने प्रविधि हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्