Shikhar Insurance
National Life

लालुगाउँमा ११ केभीको प्रसारण लाइन जडान

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३, बिहीबार १६:५४
Hyundai
NCELL
NIMB

मान्म । कालीकोट नरहरिनाथ गाउँपालिका–९ को लालुगाउँमा राष्ट्रिय प्रसारण लाइनले विद्युत् जोडिएको छ । गाउँमा थ्रीफेज वितरण ट्रान्सफर्मर जडान तथा सञ्चालन भएको हो ।

पहिलोपटक गाउँमा विद्युत्को ११ केभी राष्ट्रिय प्रसारण लाइन जडान भएपछि वडाका दुई सय घरधुरीमा विद्युत् पुगेको वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए । उनले भने,“विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकको जीनस्तरमा थप सुधार हुने अपेक्षा गरिएको छ । राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार नहुँदा यसअघि सौर्य बत्तीमार्फत नागरिकलाई सेवा प्रवाह हुँदै आएको थियो ।”विद्युत् सेवा जडान भएसँगै यहाँका स्थानीयको दैनिकी सहज हुने वडाध्यक्ष बोहोराले बताए । “अहिले यहाँका करिब एक हजार घरधुरीमा अबको करिब एक महिनाभित्र बत्ती बाल्ने योजना छ । पहिलो चरणमा दुई सय घरधुरीमा विद्युत् जडान गरिएको छ ।” बोहोराले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको र पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले बताए । उनले भने,“विद्युत् पुगेका पालिकाको वडा, प्रत्येक टोलमा प्रसारण लाइन जडानको काम चलिरहेको छ । चालु आर्थिक वर्षमा जिल्लाभर विद्युत् विस्तार गर्ने लक्ष्य राखिएको छ ।”जिल्लामा कुल २६ हजार सात सय ७९ घरधुरीमध्ये हालसम्म पाँच हजार पाँच सय घरमा विद्युत्को मिटर जडान गरिएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्