Shikhar Insurance
National Life

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३, बिहीबार १५:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) १४.४६ अंकले घटेर २०६२.०३ बिन्दुमा बन्द भएको हो ।

आज ३०५ कम्पनीको १ करोड १४ लाख ७ हजार २ सय ६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७ सय ४१ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु) लिमिटेड र समाज लघु वित्त वित्तीय संस्था लिमिटेडको सेयरमा १०.०० प्रतिशतले सर्किट लागेको हो । छ्याङदीको हाइड्रोपावरको ८.०१ प्रतिशत, जोशी हाइड्रोपावर कम्पनीको ७.४७ प्रतिशत, बलेफी हाइड्रोपावरको ५.३४ प्रतिशत सहित ९६ कम्पनीको सेयर बढेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्