Shikhar Insurance
National Life

सहकारीमार्फत करोडौं रकम ठगी गर्ने छत्रबहादुर श्रेष्ठ बेपत्ता

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ३, बिहीबार ११:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । सहकारीमार्फत सर्वसाधारणको करोडौँ रकम ठगी गर्ने श्रेष्ठ गायब भएका छन् । काठमाडौं असनका छत्रबहादुर ऋण नतिरी गायब भएका हुन् ।

श्रेष्ठले विभिन्न सहकारीबाट करौडौं-करोड ऋण लगेर नतिर्ने गरेको असनका एक सहकारीका संञ्चालकले बताए । संचालकले भने, ‘यस्तै नामुद ठगहरूले गर्दा पीडित बचतकर्ताहरूले थप पीडा झेल्नु परेको छ। श्रेष्ठ जस्ता ऋृणीले गर्दा सहकारीमा थप समस्या आईरहेको छ । मेरै सहकारीबाट ऋण लगेको छ, अहिले न फोन लाग्छ न सम्पर्कमा आउँछ । मेरो आँखा छलेर हिडेको छ, घरमा पनि राति आउने, राति नै जाने गरेको सुनेको छु, अब राति भएपनि प्रहरी लगेर छापा हान्ने विचार गर्दै छु।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

काठमाडौंको इन्दचोक, बागबजार, असन, न्यूरोड महावौद्ध, पुतलीसडक, अनामनगर अनि बालुवाटारस्थित सूर्यचौरमा समेत सञ्चालित करिब २० वटा सहकारीबाट २० कारोड भन्दामाथि ठगी गरेको पाइएको छ। ललितपुरको जावलाखेलमा रहेको डिलाइट बहुउद्देश्यीय सहकारी संस्थाको ऋण समेत नतिरेर बचतकर्ताको रकममाथि छत्र बहादुर श्रेष्ठले आतंक नै मच्चाएको संस्थाका सञ्चालक आशिष तामाङले बताएका छन्। डिलाइट सहकारी संस्थाले श्रेष्ठलाई ऋण दिएको लामो समयसम्म पनि ब्याजको कुरै छैन सावा समेत नदिएर भाग्दै हिड्ने गरेको संञ्चालक तामाङले गुनासो गरे।

सहकारी ठगीका नाइके छत्रले विगमा काठमाडौंकै महाबौद्धमा धुलिखेल बचत तथा ऋण सहकारी संस्था खोली उक्त संस्थाको श्रेष्ठ स्वयम् सचिव पदमा रहि काठमाडौंको लोकल बासिन्दाको हैसियतमा करिब १ करोड ३८ लाख ठग्न समेत भ्याएको स्रोतको दाबी छ। उनले ठगी गरेका विषयमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। सो मुद्दामा अदालतले १२ लाख रूपैयाँ धरौटी र दुई दिन कैद सजाए समेत तोकेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्