Shikhar Insurance
National Life

सिटिजन लाइफको नाफा १२ करोड माथी, बीमा शुल्क कति ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २, बुधबार १७:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक अवधिमा आफ्नो सूचकहरु सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २.७३ प्रतिशले बढेर १२ करोड ३६ लाख ५७ हजार २ सय ६१ रुपैयाँ पुगेको छ । चालु आवको ६ महिनामा कम्पनीले आफ्नो खुद नाफा ३२ लाख ९० हजार ३ सय ३३ रुपैयाँ कमएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को दास्रो त्रैमासिक अवधिमा जम्मा १२ करोड ३ लाख ६६ हजार ९ सय २८ रुपैयाँ नाफा आर्जन गरेको थियो । यो कम्पनीको नाफा बीमांकीय मूल्यांकन अघिको हो ।

कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन २ अर्ब ७३ करोड ६८ लाख रहेको छ, जुन गत आवको साहि अवधिमा प्राप्त कुल बीमाशुल्क २ अर्व ६६ करोड ४९ लाख रहेको थियो । अर्थात् यो अवधिमा कम्पनीले कुल बीमाशुल्क २.६९ प्रतिशतले रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले पुस मसान्तसम्ममा ७९ करोड ७३ लाख प्रथम बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोहि अवधिसम्ममा कम्पनीले ८८ करोड ५१ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको थियो ।

सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रति सेयर आम्दानी (इपिएस) ६ रुपैयाँ ६० पैसा रहेको छ भने सोहि अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय ८१ रुपैयाँ १३ पैसा कायम भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्