Shikhar Insurance
National Life

आधा दर्जन सीईओ र सञ्चालकहरु राष्ट्र बैंकको कारवाहीमा, को-को परे ? किन परे ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २, बुधबार ११:११
Hyundai
NCELL
NIMB

कामठाडौं । नेपाल राष्ट्र बैंकेले आधा दर्जन सीईओ र सञ्चालकहरुलाई कारवाही गरेको छ । राष्ट्र बैंकले तोकेको नियम उल्लंघन गरेपछि विकास बैंक र फाइनान्स कम्पनीका सीईओ, सञ्चालक समिति र अध्यक्षसहित आधा दर्जन भन्दा बढी कारवाहीमा परेका छन् ।

त्यसरी कारवाहीमा पर्नेमा मुक्तिनाथ विकास बैंकका सीईओ, अध्यक्ष र सञ्चालक समिति नै परेका छन् । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको सञ्चालक समिति र सीईओमाथि कारवाही भएको छ । नारायणी डेभलपमेन्ट बैंकलाई दुई पटक संस्थागत कारवाही गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रोग्रेशिभ फाइनान्सको सञ्चालक समिति र सीईओले कारवाही भोगेका छन् भने गुडबिल फाइनान्सको पनि सीईओ र सञ्चालक समिति नै कारवाहीमा परेका छन् । त्यस्तै गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका सीईओ पनि कारवाहीमा परेका छन् ।

नेपाल राष्ट्र बैंकले यी संस्था, संस्थाका सीईओ, सञ्चालक समिति र अध्यक्षहरुलाई बिभिन्न नियमन उल्लंघन गरे वापत चालु आर्थिक बर्षको दोश्रो त्रैमासिक अवधीमा कारवाही गरेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्