Shikhar Insurance
National Life

११ प्रतिशत नगद लाभांश बाढ्न सिद्धार्थ प्रिमियरले डाक्यो साधारण सभा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २, बुधबार १०:११
Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ११ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले ११ प्रतिशत नगद लाभांश पारित गर्ने लगायतका प्रस्तावहरु पास गर्न फागुन २० गते ३० औं बार्षिक साधारण सभा बोलाएको छ ।

सो साधारण सभाले लगानीकर्ताहरुलाई ११ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय पास गर्नेछ । कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब ८० करोड
६५ लाख ४९ हजार ९ सय रुपैयाँ रहेको छ । सो पुँजीको ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख २० हजार ४ सय ८९ रुपैयाँ बराबरको नगद लाभांश(कर प्रयोजनसहित) दिने लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

फागुन १० गतेसम्म कायम रहेका सेयरधनीहरुले साधारण सभामा भाग लिन पाउनेछन् । अर्थात कम्पनीको बुक क्लोज मिति फागुन ११  गतेलाई तोकिएको छ । साधारण सभाले संस्थापक सेयरधनीहरुका तर्फबाट ४ जना र साधारण सेयरधनीहरुका तर्फबाट २ जना सञ्चालक समेत निर्वाचित गर्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्