Shikhar Insurance
National Life

पेवेल नेपालद्धारा फागुन ५ गते रक्तदान कार्यक्रम सञ्चालन हुँदै

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १, मंगलवार १७:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । पेवेल नेपालले रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीले जीवन बचाउ पहलको लागि फागुन ५ गते शनिबार ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म नारायण चौर नक्साल काठमाडौंमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने लागेको हो ।

कम्पनीले हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टर र ब्लड फर नेपालसँगको सहकार्यमा रक्तदान कार्यक्रम घोषण गरेको हो । ‘यो महत्वपुर्ण कार्यक्रम हाम्रो समुदायमा रगत आपूर्तिको गम्भीर अभावलाई सम्बोधन गर्ने र जीवन बचाउने लक्ष्य राख्य’ को कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, रक्तदान कार्यक्रमले करुणामय व्यक्तिहरूलाई एक महान कार्यमा योगदान गर्ने अवसर प्रदान गर्नेछ र रक्तदान गरेर, सहभागीहरूले प्रत्यक्ष रूपमा चिकित्सा आपतकालिन शल्यक्रियाहरू, वा दीर्घकालीन रोगहरूको कारण रक्तक्षेपणको आवश्यकता परेका बिरामीहरूको जीवनलाई प्रत्यक्ष प्रभाव पार्न सक्छ कम्पनीले जानकारी दिएको छ ।

किन दान गर्ने ?

  • जीवन बचाउने प्रभावस् दान गरिएको प्रत्येक पाउन रगतले तीनजनासम्म जीवन बचाउन सक्छ,
  • सामुदायिक एकतास् हाम्रो समुदायको स्वास्थ्य सेवा प्रणालीलाई बलियो बनाउन सँगी नागरिकहरूसँग हात मिलाउनुहोस्,
  • स्वास्थ्य लाभहरूस् रक्तदानले दाताहरूको लागि स्वास्थ्य लाभहरू समावेश गर्दछ, जसमा सुधारिएको हृदय स्वास्थ्य र केही रोगहरूको जोखिम कम हुन्छ,

पेवेल नेपाल नेपाल राष्ट्र बैंकबाट आधिकारिक पीएसपी (भुक्तानी) सेवा प्रदायक कम्पनी हो । संस्थागत सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध छ र समुदाय कल्याणमा सक्रिय रूपमा योगदान गर्दछ । हिमाल ब्लड ट्रान्सफ्युजन सेन्टर र ब्लड फर नेपालसँगको हाम्रो साझेदारीले सकारात्मक प्रभाव पार्ने हाम्रो सम्पुर्ण उदाहरण रहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्