काठमाडौं । ज्योति क्यापिटल लिमिटेड र नगरकोट रिसोर्ट लिमिटेडबीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षिय सम्झौता भएको छ । परामर्श सेवासहित पूँजी संरचना परिवर्तन, प्राईभेट इक्विटीको व्यवस्था लगायत भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए वमोजिमका कार्य गर्न सक्ने बनाउँन ज्योति क्यापिटल र नगरकोट रिसोर्टबीच सम्झौता भएको हो ।
नगरकोट रिसोर्टको कार्यालय काभ्रेपलान्चोक जिल्ला, मण्डनदेउपूर नगरपालिका, नगरकोटमा, आयोजित एक समारोहबीच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र नगरकोट रिसोर्ट लिमिटेडको सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीले संस्थागत परामर्श सेवा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त समारोहमा नगरकोट रिसोर्टका संचालक निरज बहादुर राउत क्षेत्री तथा वित्तीय परामर्शदाता सिए गोविन्द शर्मा गैरे समेतको उपस्थिति रहेका थिए ।
ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । ज्योति क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा समेत प्रदान गरिरहेको छ । ज्योति क्यापिटल लिमिटेडले व्यवसायको आरम्भ देखि सम्पन्नता सम्म सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्काशन गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्