काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडला वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको निर्णयले सभा चैत १ गते आव्हान गरेको हो ।
सभामा सेयरधनीलाई कुनै पनि लाभाश नदिने निर्णय गरेको छ । सभामा सञ्चालक समितिको तर्फबाट आव २०७९। ०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ ।
सभामा आव ०७९/०८० को लेखापरिक्षण प्रतिवेदन सहित ०८० असार मसान्त सम्मको वासालत, सोही अवधीको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु एनएफआरएस सहित वित्तीय विवरण छलफल गरी पारित गर्ने ।
सभामा वित्तीय संस्थाको संचालक समितिमा संस्थापक समुहबाट ४ जना तथा सर्वसाधारण सेयरधीबाट २ जना प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गन एजेण्डा रहेको छ । मर्जरको सम्बन्धी सम्पुर्ण कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई पुणै अख्तियारी प्रदान गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि फगुन १७ गते एम दिनको लागि बुक क्लोज गर्ने भएको छ । साथै, फागुन १० गते सम्म नेप्सेमा कारोबार भएका सेयरधीहरुले मात्रा सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्