Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकले भन्योः शाखा कार्यालय बन्द गर्ने कुनै योजना छैन

सिंहदरबार संवाददाता
२०८० माघ २९, सोमबार १८:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकले शाखा कार्यालयहरु बन्द गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । बैंकले सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्ना देशका सबै शाखा कार्यालयहरु यथावत सञ्चालनमा रहेको र कुनै पनि शाखा कार्यालय बन्द गर्नका लागि कहिँ कतै निवेदन नदिएको स्पष्ट पारेको हो ।

‘वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकले हाल मुलुकभर सञ्चालन गरिरहेका ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित बैंकिङ्ग सञ्जालद्वारा ४१ लाख भन्दा बढी ग्राहक महानुभावहरूमा सहज एवं सरल बैंकिङ्ग सेवा प्रदान गरिरहेको व्यहोरा सबैमा अवगत नै रहेको छ ।’ बैंकले भनेको छ । बैंकले ५० वटा शाखा कार्यालय बन्द गर्न लागिएको भन्दै हल्लाको पछि नलाग्न ग्राहक वर्गहरुमा अनुरोध पनि गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘आफ्ना कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने बैंकको रणनीति तथा योजना नरहेको र ५० वटा शाखा बन्द गर्न राष्ट्र बैंक समक्ष निवेदन दिएको विषय कपोलकल्पित तथा भ्रामक रहेको तथ्य यसै प्रेस विज्ञप्तीमार्फत स्पष्ट पार्न चाहन्छौं ।’ बैंकले भनेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्