Shikhar Insurance
National Life

विशिष्टिकृत लगानी कोष व्यवस्थापक बन्न इच्छुक ५ कम्पनीलाई बोर्डले भन्योः पूर्वाधार तयार पार्नु

सिंहदरबार संवाददाता
२०७८ बैशाख १९, आईतवार १९:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । विशिष्टिकृत लगानी कोषको कोष व्यवस्थापकको रुपमा काम गर्न इच्छुक ५ कम्पनीलाई नेपाल धितोपत्र बोर्डले पूर्वाधार तयार गर्न भनेको छ । कोष स्थापना र संचालनका लागि कोष व्यवस्थापकको अनुमति दिन बोर्डले कागजात र विवरण पेश गर्ने ५ कम्पनीलाई पूर्वाधार तयार पार्न भनेको हो ।

विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम विशिष्टीकृत लगानी कोषको स्थापना र संचालन गर्न कोष व्यवस्थापकको रुपमा अनुमतिपत्र प्राप्त गर्न बोर्डमा विभिन्न नौ संगठित संस्थाले निवेदन दिएका थिए । बोर्डले उक्त नियमावली बमोजिमको आवश्यक कागजात तथा विवरण पेश गर्ने ग्लोबल इक्विटी फन्ड, लक्ष्मी क्यापिटल मार्केट, एनआईबिएल एस क्यापिटल, एनआईसी एशिया क्यापिटल र एनएमबी क्यापिटललाई कोष व्यवस्थापकको रुपमा अनुमति प्रदान गर्न आवश्यक पूर्वाधार तयार गर्न सूचित गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

धितोपत्र बजारको विकास र विस्तारको लागि विभिन्न वित्तीय उपकरणहरुको विकास गरी संचालन गर्ने क्रममा नयाँ वित्तीय उपकरणको रुपमा अन्तर्राष्ट्रिय धितोपत्र बजारमा प्रचलनमा रहेको प्राइभेट इक्विटि, भेञ्चर क्यापिटल जस्ता कोषको स्थापना र संचालनका लागि बोर्डबाट विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ लागू भएको हो । प्राइभेट इक्विटि तथा भेञ्चर क्यापिटल जस्ता कोषहरुमार्फत् पूँजी परिचालन भई नवीनतम ज्ञान, सीप क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा वौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई संचालन गर्न र नयाँ व्यवसाय, उद्यमहरुलाई शुरुवात गर्न स्वदेशी तथा वैदेशिक लगानी आकर्षण गरी लगानीको नयाँ अवसरहरु प्रदान गर्न सकिने भएकोले यस किसिमको कोषको स्थापना र संचालनले पूँजी बजारको दायरा फराकिलो हुने, पूँजी बजारमा नयाँ एंव आधुनिक वित्तीय उपकरणको प्रयोग हुने, नवीनतम उद्यम व्यवसाय संचालनका लागि स्वदेशी तथा विदेशी पूँजी जुटाउन सहयोग पुग्ने र लगानीकर्ताहरुलाई नयाँ लगानीको अवसर प्राप्त भई देशको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने देखिएको छ ।

नेपालमा पहिलो पटक विशिष्टिकृत लगानी कोषको स्थापना तथा संचालन गर्नका लागि यस्ता कोष व्यवस्थापकलाई अनुमति प्रदान गर्न लागिएको हो । नेपालको पूँजी बजारमा हाल सेयर, डिबेन्चर, सामूहिक लगानी कोष जस्ता परम्परागत लगानीका उपकरण मात्र उपलब्ध भइरहेकोमा प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल कोषको नियमन व्यवस्था तथा प्रवेशसँगै पुँजी परिचालनको नयाँ बैकल्पिक उपकरणको विकास भई स्टार्ट अप व्यवसायमा पूँजी परिचालन हुने, निजी क्षेत्रको श्रोत परिचलान हुने, उद्योग तथा परियोजनाको विकास विस्तार भई रोजगारीको थप अवसर सिर्जना हुने, व्यक्तिगत आय तथा राजस्वमा बृद्धि भई धितोपत्र बजारमार्फत् अर्थतन्त्रमा थप टेवा पुग्ने बोर्डले विश्वास लिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्