Shikhar Insurance
National Life

राष्ट्रिय सुरक्षा नीति चाँडोभन्दा चाँडो बनाऔँ : सांसद गुरुङ

सिंहदरबार संवाददाता
२०८० माघ २८, आईतवार १७:५२
Hyundai
NCELL
NIMB

काठमाडाैं । नेकपा(एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले चाँडोभन्दा चाँडो राष्ट्रिय सुरक्षा नीति बनाउनुपर्ने बताएका छन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गुरुङले गणतन्त्र स्थापनापछि आजसम्म राष्ट्रिय सुरक्षा नीति नबनेको भन्दै चाँडोभन्दा चाँडो राष्ट्रिय सुरक्षा नीति बनाउनुपर्ने बताएका हुन् ।

उनले सीमा व्यवस्थापन तथा सञ्चालन सम्बन्धी ऐन पनि बताउनुपर्ने बताए । उनले देशको व्यवस्था फेरिएपनि सरकारको काम गर्ने संयन्त्रहरु नफेरिएको भन्दै यसले काम गर्न गाह्रो भएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने,‘संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि राष्ट्रिय सुरक्षा नीति नै छैन हाम्रो अहिलेसम्म । सबै चिजहरुलाई यसले प्रभावित गरिराखेको हुन्छ । राष्ट्रिय सुरक्षा नीति हाम्रो बनाउनुप¥यो । सीमा व्यवस्थापन र सञ्चालन गर्ने पनि ऐन छैन हाम्रो । यो अर्को ठूलो समस्या हो । समस्या भइरहेको छ । सीमा व्यवस्थापन तथा सञ्चालन ऐन चाँडोभन्दा चाँडो ल्याउनुप¥यो ।’

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्