Shikhar Insurance
National Life

भारतसँगको सीमानामा कडाई गर्नुपर्छ : सांसद पन्त

सिंहदरबार संवाददाता
२०८० माघ २८, आईतवार १७:३८
Hyundai
NCELL
NIMB

काठमाडाैं । नेकपा एमालेका सांसद रघुजी पन्तले भारतसँगको सीमानामा कडाई गर्नुपन बताएका छन् । आइतबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल जो आएर बसेपनि हुने देश बनेको बताए । उनले नेपालमा जो आएर जे गरेपनि हुने हो ? भन्दै प्रश्न गरे । उनले नेपालमा रोहिंग्या शरणार्थीको संख्या तीन हजार नाघिसकेको भन्दै यसको कारण भारतसँगको खुला सीमाना भएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, दुई, तीन वर्ष अघिदेखि हाम्रा दैनिक अखबारहरुले सम्पूर्ण रिपोर्ट गरेका छन् । रोहिंग्या शरणार्थीलाई गिरोहले ल्याउँछ । पनौतीमा बस्छन्, दुई तीन पुस्ता हुन थाले । न्युरोड क्षेत्रमा जानुस्, तोस्रो लिंगीहरु बाटोमा खुट्टा समातेर झोला खोल्न लगाएर बलजफ्ती पैसा असुली रहेका हुन्छन् । नेपालमा जो आएर जे गरेपनि हुने हो ? हामीले भारतसँगको बोर्डरलाई दुई स्वतन्त्र देश हुन् भनेर व्यवस्थित बनाउन जरुरी छ । त्यसमा टाइट गर्नैपर्छ । आउने जानेको तथ्यांक राख्नुपर्छ । विमानस्थलसहित भुगोलको बोर्डर पनि कडाइ हुनुपर्छ । तीन चार हजार रोहिंग्याहरुको तथ्यांक नाघिसकेको छ ।’

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्