Shikhar Insurance
National Life

रूकुमपश्चिमका २९ हजार भूकम्प पीडितले पाए पहिलो किस्ता

सिंहदरबार संवाददाता
२०८० माघ २८, आईतवार १६:३९
Hyundai
NCELL
NIMB

रुकुमपश्चिम । जाजरकोट भूकम्पबाट पीडित रुकुमपश्चिमका २९ हजार एक सय ३३ लाभग्राहीले अस्थायी आवास निर्णाण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । सहायक प्रमुख जिल्ला आधिकारी प्रवेश बढुवालका अनुसार कुल ३१ हजार ६ सय २० लाभग्राहीका लागि पहिलो किस्ताबापतको रकम निकासा भइसकेको हो ।

जिल्लाका छवटै पालिकाका २९ हजार १ सय ३३ लाभग्राहीले पहिलो किस्ताबापत २५ हजार रुपैयाँका दरले रकम प्राप्त गरेका हुन् । उनका अनुसार सबै भन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा एक हजार पाँच सय ४७ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेका हन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय ६१, त्रिवेणी गाउँपालिकामा चार हजार एक सय १५, चौरजहारी नगरपालिकामा छ हजार दुई सय ७९ र बाँफीकोट गाउँपालिकामा एक हजार ६ सय ९९ लाभग्राहीले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम प्राप्त गरेको उहाँको भनाइ छ ।

उनका अनुसार छवटै स्थानीय तहमा हालसम्म  २५ हजार रूपैयाँका दरले ७२ करोड ८३ लाख २५ हजार रकम लाभग्राहीले प्राप्त गरेका छन् । जिल्ला विपद् व्यवस्थापन कोषबाट भने ३१ हजार ६ सय २० रुपैयाँ लाभग्राहीको लागि स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा रु ७९ करोड ५ लाख पठाएको छ ।

जिल्लामा हालसम्म २४ हजार सात सय २६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् भने ५ हजार ९ सय ७६ अस्थायी आवास निर्माणको चरणमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिए । जिल्ला अझै २ हजार ४ सय ८७ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्