Shikhar Insurance
National Life

धनगढीमा ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रमको प्रशिक्षण सुरु

सिंहदरबार संवाददाता
२०८० माघ २८, आईतवार १२:५९
Hyundai
NCELL
NIMB

कैलाली । धनगढी उपमहानगरपालिकामा ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रमको प्रशिक्षणका लागि प्रारम्भिक रुपमा खेलाडी छनोटको काम सुरु गरिएको छ ।धनगढी–१८ फुलबारी स्थित चन्द्रोदय माध्यमिक विद्यालय र वडा नं १२ स्थित सिद्धनाथ माध्यमिक विद्यालय जुगेडा केन्द्रबाट प्रारम्भिक रूपमा खेलाडी छनोटको काम सुरु गरिएको हो ।

फूलबारी र जुगेडा केन्द्रबाट प्रशिक्षणका लागि खुला रुपमा आवेदन आह्वान गरिएकामा दुवै केन्द्रमा ७०÷७० छात्रा गरी १ सय ४० जनाले नाम टिपाएका गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले जानकारी दिए । नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत क्रिकेटको सहर धनगढीमा उपमहानगरसँगको साझेदारीमा गो ड्रिमर्सले ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रम सञ्चालन गर्न लागेको जनाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रशिक्षणमा सहभागिताका लागि नाम टिपाएकालाई क्रिकेटर बनाउने जिम्मेवारी आफ्नो काँधमा आएको अध्यक्ष शाहीले बताउनुभयो । उहाँले ग्रासरुट क्रिकेट विकास कार्यक्रमका लागि दुई प्रशिक्षक नियुक्त गरिसकिएको जानकारी दिएका छन् । धनगढी–१२ स्थित श्री सिद्धनाथ मावि जुगेडामा ज्ञानेन्द्र क्षेत्री र धनगढी–१८ स्थित श्री चन्द्रोदय मावि फुलबारीमा देवनारायण झाले प्रशिक्षण गराउने अध्यक्ष शाहीको भनाइ थियो ।

गत माघ ६ गते उपमहानगरसँगको साझेदारीमा गो ड्रिमर्सले धनगढीमा क्रिकेट ग्रासरुट विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि पहिलो चरणमा प्रशिक्षक झा र क्षेत्रीलाई नियुक्त गरिएको जनाइएको छ । धनगढीका दुई नमूना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्न यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास उपमहानगरपालिकाले लिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्