Shikhar Insurance
National Life

सोनापुर मिनरल्सको १६ औं वार्षिक साधारण सभा सम्पन्न

सिंहदरबार संवाददाता
२०८० माघ २८, आईतवार ११:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा घोराही उपमहानगरपालिका वडा नं १५, दाङ्गस्थित होटल माला इनमा सम्पन्न भएको हो ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव स्वीकृत गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सर्वसाधारण शेयरधनी समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुमा अंकित खड्का र रचना कुमारी ओझा निर्विरोध निर्वाचित भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्