Shikhar Insurance
National Life

डडेल्धुरामा खेल मैदान निर्माणका लागि बजेट विनियोजन गरिने

सिंहदरबार संवाददाता
२०८० माघ २६, शुक्रबार १७:०८
Hyundai
NCELL
NIMB

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले आगामी आर्थिक वर्षमा जिल्लामा खेल मैदान निर्माण गर्न बजेट विनियोजन गरिने बताएको छ । जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री देउवाले जिल्लामा एउटा मात्रै खेल मैदान भएकाले थप मैदान निर्माणका लागि आगामी आवमा बजेट विनियोजन गर्ने बताएका हुन् ।

डडेल्धुरामा पर्शुराम नगरपालिकाबाहेक अन्यत्र खेल मैदान छैन । कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री देउवाले खेल क्षेत्रले राष्ट्रको गौरव बढाउने काम गरेको जनाउँदै डडेल्धुरा पनि खेलकुदका क्षेत्रमा अग्रणी स्थानमा रहेको बताए । प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट विनियोजन गरी वर्षभरी खेल्ने वातावरण सिर्जना गर्नका लागि स्थानीयस्तरमा खेलमैदान, बहुउदेश्यीय कभर्डहल निर्माण गर्ने रणनीति लिएको मन्त्री देउवाले प्रष्ट पारे । विद्यालयस्तरमा होस् या जिल्लास्तरमा व्यवस्थित खेल संरचना निर्माण सुरु गर्ने उनले जनाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्रिय क्रिकेट टिममा धेरै खेलाडी सुदूरपश्चिमका रहेका भन्दै अव्यवस्थित खेलमैदानमा प्रतिस्पर्धा गर्न समस्या हुने गरेको पालिकाका तर्फबाट सहभागी खेलाडी विधार्थीको भनाइ थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्ला सदरमुकाम आएका विधार्थीले बहुउपयोगी खेलमैदानको आशा राखेका छन् । खेलमा रुचि भए पनि भौतिक र आर्थिक कारणले वञ्चित हुनुपर्ने अवस्था रहेको अजयमेरुका खेलाडीले बताए ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सात पालिकाबाट भलिवल, एथ्लेटिक्स, कवड्डी, मार्सलआर्टका विभिन्न विधामा छात्रछात्रा सहभागी भएर प्रतिस्पर्धा गरिरहेका छन् । कार्यक्रमको उद्घाटनसत्रमा प्रदेशका सांसद, सात पालिकाका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा संयन्त्रका प्रमुख, खेलप्रेमीलगायतको सहभागिता थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्