Shikhar Insurance
National Life

राष्ट्रिय वाणिज्य बैंकले एकल अंकमै घर कर्जा दिने, ९.४५ प्रतिशतमा ऋण लिएर किन्नुस घर

सिंहदरबार संवाददाता
२०८० माघ २६, शुक्रबार १६:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम ‘मेरो घर कर्जा’ योजना ल्याएको छ । घर खरिद, घर निर्माण तथा जग्गा खरिद गर्नका लागि अधिकतम ५ कारोड रुपैंया सम्म दिईने योजना ‘मेरो घर कर्जा’ ल्याएको हो ।

कर्जाको ब्याजदर बेसरेटमा १.२० प्रतिशत प्रिमियम जोडिने छ । हाल बैंकको बेसरेट ८.२५ प्रतिशत रहेको छ । यसमा १.२० प्रतिशत प्रिमियम जोड्दा वार्षिक ९.४५ प्रतिशत ब्याजदरमा बैंकले मेरो घर कर्जा लगानी गर्नेछ । कर्जा प्रशोधन तथा सेवा शुल्क एकपटकका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कर्जा रकम मासिक किस्ताबन्दीमा इएमआई भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि प्रदान गरिने बैंकले जनाएको छ । यो कर्जा बैंकका देशभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिनेछ । हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २८६ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ७० वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्