Shikhar Insurance
National Life

कालिका लघुवित्तले बोलायो फागुन २४ गते साभारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०८० माघ २६, शुक्रबार १२:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको १४ औं वार्षिक साधारण सभा बोलाएको । कम्पनीका माघ २५ गते बसेको संचालक समितिको बैठकले फागुन २४ गते होटल टास्क इन्टरनेसनल प्रालिको सभाहल, बुद्धचोक, कास्कीमा बिहान ९ बजेदेखि बस्ने आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै, नाफा–नोक्सान तथा नगद प्रवाह लगायतका विषय छलफल गरी पारित गर्नेछ । चालु आवको लागि लेखापरीक्षकको नियुक्ती गरी पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना महिला संचालकको निर्वाचन गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अन्य कुनै वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

साथै, सभा प्रयोजनाको लागि कम्पनीले फागुन १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १३ गतेसम्म नेप्समा कारोबार भइ कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउँनेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्