Shikhar Insurance
National Life

जलवायु परिवर्तनले २१ मिलियन अफगानी सफा पानीको पहुँचबाट वञ्चित

सिंहदरबार संवाददाता
२०८० माघ २६, शुक्रबार १२:२३
Hyundai
NCELL
NIMB

एजेन्सी । जलवायु परिवर्तनले २१ मिलियन अफगानी सफा पानीको पहुँचबाट वञ्चित रहेका छन् । अफगानिस्तानको राष्ट्रिय वातावरण कार्यक्रम एजेन्सी (एनइपिए) का उपप्रमुख अब्दुल सलाम हक्कानीले जलवायु परिवर्तन र लगातारको खडेरीले अफगानिस्तानको लगभग आधा जनसंख्यालाई पिउने पानीको पहुँचबाट वञ्चित गरेको बताएका हुन ।

हक्कानीले जलवायु परिवर्तनले पनि युद्धग्रस्त देशका ३ प्रतिशत जङ्गल नष्ट गरेको र वर्षा ३७ प्रतिशतले घटेको बताए । अफगानिस्तानले वर्षौंदेखि खडेरीको सामना गरिरहेको छ । जसले राष्ट्रिय राजधानी काबुलसहित भूमिगत पानीको मन्दी निम्त्याएको छ । शहरका करिब ६ मिलियन मानिसहरूका प्रमुख भागहरूले चरम पानीको अभावको सामना गरिरहेका छन् । नेपाको जलवायु परिवर्तन विभागका प्रमुख रोहुल्लाह अमिनले जलवायु परिवर्तनका कारण उत्पन्न हुने समस्याको सामना गर्न अनुमानित २० अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्