Shikhar Insurance
National Life

झापाका ३२१ हात्तीपीडित राहतको पर्खाइमा

सिंहदरबार संवाददाता
२०८० माघ २६, शुक्रबार १३:०४
Hyundai
NCELL
NIMB

बनियानी । झापामा जङ्गली हात्तीको आक्रमणबाट जनधनको क्षति बेहोरेका हात्तीपीडित राहतको पर्खाइमा छन् । चालु आर्थिक वर्ष २०८०/८१ को साउनयता जिल्लाका विभिन्न स्थान र समयमा हात्तीको आक्रमणमा परी जनधनको क्षति बेहोरेका ३ सय २१ परिवार सरकारी राहतको पर्खाइमा छन् ।

चालु आवको गत कात्तिक २ गतेसम्म तीन सय २१ हात्तीपीडित परिवारलाई ५८ लाख २८ हजार नौ सय ४० राहत रकम माग गरी मन्त्रालयमा पठाइएको डिभिजन वन कार्यालयका झापाका वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए । उनका अनुसार राहत माग गरिएकामा एक जना मृतकको १० लाख, ३ जना घाइतेका लागि ५ लाख ८० हजार ९ सय ४०, चौपाया एक बराबर १० हजार, विभिन्न घरगोठमा पु¥याएको क्षतिको पूर्तिका लागि १४ लाख ८२ हजार ५ सय, भण्डारण गरिएको अन्न क्षति बराबर ६ लाख ३९ हजार ६ सय र बालीनालीमा हात्तीले गरेको क्षति बराबर २१ लाख १५ हजार ९ सय रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कात्तिक २ गतेयता हात्तीको आक्रमणबाट मृत्यु भएका चारसहित एक सय ९४ परिवारलाई राहत माग गर्न विवरण सङ्कलन भई प्रक्रियामा रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । मृतक चार जनाको ४० लाख, घाइते तीन जनाका लागि २ लाख ७० हजार नौ सय ५२, घरगोठका क्षति पुगेकाका लागि ५ लाख ६४ हजार पाँच सय, भण्डारण गरिएको अन्न २ लाख ५२ हजार सात सय र बालीनाली १३ लाख ८७ हजार नौ सय गरी ६४ लाख ७६ हजार ५२ राहत मागका लागि तयार गरिएको वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्