काठमाडौं। साताको अन्तिम कारोबारको दिन सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको भने अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ९५० रुपैयााँ कारोबार भएको छ । अघिल्लो तेजावी सुनको मूल्य दिन १ लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको छ भने अघिल्लो दिन १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्