काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले सेयरधनीलाई आव २०७९/०८० काे मुनाफाबाट लाभांश दिने भएको छ । कम्पनीले माघ २५ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार सेयरधनीलाई बोनस सेयर ४ प्रतिशत र कर प्रयोजनको लागि ०.२१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
साथै, प्रस्तावित बोनस सेयर तथा नगद लाभांश नेपाल बीमा प्राधिकरणको स्वस्कृत तथा आगामी वार्षिक साधारण सभाबाट पारित भए पछि कार्यान्वयन गर्ने कम्पनीले जानकारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्