काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लि.ले तीसौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । माघ २५ गते हिमालयन एभरेष्टले इन्स्योरेन्सले आफ्नो तीसौं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न गरेको हो । साधारण सभाले १५ प्रतिशत लाभांश पारित भएको छ । साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट उक्त लाभांश पारित गरेको हो ।
लगानीकर्ताले पुँजीको ६.३७ प्रतिशत बोनस र ८.६३ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश पाउने भएका छन् । विषम आर्थिक परिस्थितिको वाबजुद पनि कम्पनीले ४४ करोड ८५ लाख नाफा आर्जन गरी लाभांश प्रदान गर्ने निर्णय भएकोमा शेयरधनीहरुबाट खुशी ब्यक्त गर्दै कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गरिएको थियो ।
संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा संचालित उक्त कार्यक्रममा संचालकहरु, प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह, कम्पनीका वरिष्ठ अधिकृतहरु तथा अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको अध्यक्ष श्री महेन्द्र कृष्ण श्रेष्ठले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्