Shikhar Insurance
National Life

स्पा व्यवसायलाई पर्यटन स्वास्थ्यको रुपमा विकास गर्नुपर्छः मन्त्री श्रेष्ठ

सिंहदरबार संवाददाता
२०८० माघ २५, बिहीबार १७:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्पा व्यवसायलाई पर्यटन स्वास्थ्यका रूपमा विकास गर्नुपर्ने बताएका छन् । स्पा सङ्घ नेपालको तेस्रो वार्षिकोत्सव एवं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले स्पा व्यवसायलाई व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्ने उल्लेख गरेका हुन् ।

“स्पा व्यवसायलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक छ, यसलाई चिर्नका लागि यस क्षेत्रमा कार्यरत कर्मचारीलाई आवश्यक तालिम प्रदान गरी व्यावसायिकरूपमा अगाडि बढाउन जरुरी छ”, नेता श्रेष्ठले भने । सरकारले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उनको भनार्इ छ । काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले मुलुकको अर्थतन्त्रको बलियो आधार स्पा क्षेत्र भएकाले यसलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“स्पा क्षेत्रमा भएको विकृति विसङ्गति अन्त्यका लागि स्पा सङ्घले पहल गर्नुपर्छ”, उनले भने । स्पा व्यवसायलाई व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्न वडा कार्यालय तयार रहेको उनको भनाइ थियो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले पर्यटन र स्पा व्यवसायलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताए । पर्यटन व्यवसायी कर्ण शाक्यले अलग, फरक र मौलिकपन भए मात्र पर्यटन प्रवर्द्धन हुने बताए ।

“अहिले संस्कृति र प्रकृतिमार्फत मुलुकको पर्यटन प्रबर्धन गरिँदै छ, अब स्पामार्फत पर्यटन प्रवर्द्धनमा लाग्नुपर्छ”, उनले भने । स्पा व्यवसायी रामदेव महतोले प्राकृतिक आयुर्वेद चिकित्साको रुपमा स्पा क्षेत्रलाई सरकारले अगाडि बढाउनुपर्नेमा जोड दिए । स्पा सङ्घ नेपालका अध्यक्ष शुभलाल थिङले स्पा क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सङ्घ लागिपरेको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्