Shikhar Insurance
National Life

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो आइरहेको छः अर्थमन्त्री महत

सिंहदरबार संवाददाता
२०८० माघ २५, बिहीबार १४:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वैशाखमा सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनलाई भव्य बनाउन सबैको प्रयास जरुरी रहेको बताएको छ । आज अर्थ मन्त्रालयमा बसेको तेस्रो लगानी सम्मेलन, २०८१ निर्देशक समितिको बैठकमा अर्थमन्त्री डा महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो आइरहेको बताएका हुन् ।

बताउँदै गम्भीरताका साथ परियोजनाको तयारी गर्न निर्देशन दिए । अर्थमन्त्री डा महतले लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश दिनका लागि लगानी सम्मेलन आयोजना गरिएको बताए । लगानी सम्मेलनको निर्देशक समितिका संयोजकसमेत रहेका अर्थमन्त्री डा महतको संयोजकत्वमा सम्पन्न बैठकमा लगानी सम्मेलनलाई लक्षित गरी तयार भएको नीति, कानुन तथा संरचनागत सुधारसम्बन्धी प्रतिवेदन तथा परियोजनाका सम्बन्धमा छलफल भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री डा महतले आगामी जुनमा विश्व बैंकको सहुलियतदरमा ऋण दिने संस्थाले (आइडी)को सम्मेलन नेपालमा आयोजना गर्न विश्व बैंक तयार रहेकोसमेत जानकारी दिए । “औपचारिकपत्र केही दिनमा आउँदैछ । अहिलेसम्म सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुनेछ । विश्व बैंकका अध्यक्षलगायत ९२ भन्दा बढी देशका प्रतिनिधिको सम्मेलनमा सहभागी रहनेछ”, उनले भने । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले लगानी सम्मेलनलाई लक्षित गरी हालसम्म विभिन्न क्षेत्रका एक सय पाँचवटा योजना वर्गीकृत भइसकेको जानकारी दिए । निजी क्षेत्रबाट समेत थप योजना आउने प्रतिबद्धता आइरहेको उनले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्