Shikhar Insurance
National Life

सरकारी सुविधाको रकमबाट ५ लाख रुपैयाँको अक्षयकोष स्थापना

सिंहदरबार संवाददाता
२०८० माघ २५, बिहीबार १२:५१
Hyundai
NCELL
NIMB

गण्डकी । सरकारी सेवासुविधाबाट प्राप्त रकमले पोखरा महानगरपालिका वडा नं १७ का वडा सदस्य शिवराम भण्डारीले जानकी मावि महतगौडामा अक्षयकोष स्थापनाको घोषणा गरेका छन् । विद्यालयको ४६औं वार्षिकोत्सव कार्यक्रममा उहाँले बुवा धर्मदत्त र आमा जमुना भण्डारीको स्मृतिमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

निर्वाचित भएदेखि २०८१ असारसम्म २४ महिनामा प्राप्त गर्ने सेवासुविधा र बाँकी निजी रकम थप गरी स्थापना गरिएको अक्षयकोषबाट प्राप्त ब्याजले विद्यालय सञ्चालानार्थ सहयोग पुग्ने भण्डारीले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

छात्रवृत्तिको अक्षयकोष धेरै भए विद्यालय सञ्चालनमा दिनप्रतिदिन देखिएको चुनौती समाधानका लागि केही हदसम्म भए पनि आफ्नोतरर्फबाट पहल गरेको बताउँदै उहाँले यस विद्यालयका पूर्वविद्यार्थीबाट पनि सहयोग रहने विश्वास व्यक्त गरे ।

वार्षिकोत्सव कार्यक्रममा सहभागी अतिथि एवं अभिभावकले पनि विद्यालयका लागि स्वःस्फुर्त आर्थिक सहयोग गरेका थिए । सो अवसरमा ८० हजार सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक अर्जुन कँडेलले जानकारी दिए। उनका अनुसार सुविधासम्पन्न भवन र खेलमैदानसमेत रहेको विद्यालयमा हाल ३ सय ५० विद्यार्थी अध्ययनरत छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्